Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सले पायो आइपिओ निश्कासन गर्ने अनुमति

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १६ : ५७ मा प्रकाशित

चन्द्रागिरी हिल्सले  पायो आइपिओ निश्कासन गर्ने अनुमति

काठमाडौं -चन्द्रागिरी हिल्स लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि जेठ २५ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाेमा धितोपत्र बोर्डले कार्तिक २८ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको