Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्ने मौका छुट्ला ! युनाईटेड इदी–मर्दीको आइपिओ भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १० : ४३ मा प्रकाशित

आइपिओ भर्ने मौका छुट्ला ! युनाईटेड इदी–मर्दीको आइपिओ भर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौँ - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपिओ) भर्ने आज (मंसिर ७ गते, आइतबार) अन्तिम दिन रहेको छ । 

कम्पनीले  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो । 

यसमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको आइपिओमा शुक्रबार  बेलुकासम्ममा ३ लाख ५४ हजार ५ जना ८१ आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १ सय ६० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८.१३ गुणा धेरै आवेदन हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको