Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको वार्षिक सभा कहिले ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १५ : ४५ मा प्रकाशित

न्यादी हाइड्रोपावरको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौँ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा मंसिर २९ गते साेमबार, कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौँमा दिउँसाे ३ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/ ७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको