Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मार्दीको आइपिओमा १२.३९ गुणा बढी आवेदन, पर्ने सम्भावना कति ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १८ : ५५ मा प्रकाशित

युनाईटेड इदी मार्दीको आइपिओमा १२.३९ गुणा बढी आवेदन, पर्ने सम्भावना कति ?

 अर्थ संसार, काकठमाडौं -युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले निश्कासन गरेको  साधारण सेयर (आइपिओ) मा माग भन्दा १२.३९ गुणा बढीको आवेदन परेको छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार  आइतबार साँझ ५ बजेसम्ममा  ५ लाख ५७ हजार २८९ वटा आवेदनबाट १ अर्ब ६९ लाख रुपैयाँ बराबरको १ करोड ६६ हजार कित्ता आईपीओको माग परेको हो । यो नतिजा नै अन्तिम नतिजा भने होइन  ।अझै बढ्न सक्नेछ  ।

कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म  कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । माग भन्दा धेरै गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड हुने भएको छ ।  

क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको