Like us!
Follow us!
Connect us!
Watch us!

केवाइसी अद्यावधिक गराउन हिमालयन बैंकको आग्रह

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १० : ५४ मा प्रकाशित

केवाइसी अद्यावधिक गराउन हिमालयन बैंकको  आग्रह

अर्थ संसार, काठमाडौं - हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान (KYC-मोबाइल नम्बर समेत) अद्यावधिक गर्न तथा अतिरिक्त खाता बन्द गर्न आग्रह गरेको छ  ।  

ग्राहकहरुले बैंकमा उपलब्ध गराएका ठेगाना, पेशा आम्दानी टेलिफोन नम्बर लगायत अन्य विवरणमा कुनै पनि किसिमको परिवर्तन भएको भए पायक पर्ने नजिकको शाखामा गई उक्त विवरण तुरुन्त अद्यावधिक गराउन आग्रह गरेको हो  । 

उक्त विवरणहरु बैंकको वेवसाइट मार्फत अनालैन रुपमा तथा बैंकको आधिकारिक पेजको मेसेन्जर मार्फत अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ  । 

यसका साथै, टेलिफोन सेवा प्रदायकहरुले एक वर्षसम्म प्रयोगमा प्रयोगमा नआएका मोबाइल नम्बरहरु रद्द गरी सो नम्बर अर्कैलाई उपलब्ध गराउन सक्ने भएकोले बैंकलाई उपलब्ध गराएका मोबाइल नम्बर र अहिले आफूले प्रयोग गरिरहेको नम्बर फरक छ भने तुरुन्त सम्पर्क गरी अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ  । 
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको