Like us!
Follow us!
Connect us!
Watch us!

बिशाल बजार कम्पनी : प्रतिफल नदिने कम्पनीका लगानीकर्ताले कमाए १ महिनामै ११४ प्रतिशत, मिलेमताेमा मनलाग्दी मूल्य बढाइँदै

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, ०८ : ०३ मा प्रकाशित

बिशाल बजार कम्पनी  : प्रतिफल नदिने कम्पनीका लगानीकर्ताले कमाए १ महिनामै ११४ प्रतिशत, मिलेमताेमा मनलाग्दी मूल्य बढाइँदै

सेयर कर्निरंग गर्नेहरूले कसरी कुनै कम्पनीकाे सेयर मूल्य बढाउँछन् भन्ने उदाहरण बनेकाे छ विशाल बजार कम्पनी । कात्तिक ६ गते १६७५ रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे बिशाल बजारकाे सेयर मूल्य मंगलबार सर्किट लागेर ३५९१ रूपैयाँमा काराेबार भएकाे छ ।

मंगलबार एकै दिन उक्त कम्पनीकाे मूल्य ३२५ रूपैयाँले बढेकाे छ । उक्त कम्पनीकाे सेयरमा कात्तिक २६ देखि लगातार १० प्रतिशत हाराहारीमा मूल्य बढेर सर्किट बेकर लागिरहेकाे छ । नेप्सेमा उक्त कम्पनीकाे जम्मा ४ लाख ९१ हजार ४ सय कित्ता सेयर सूचिकृत छ । यस हिसावले उक्त कम्पनीकाे चुक्ता पूँजी ४ कराेड ९१ लाख ४० हजार रूपैयाँ मात्रै हाे ।

बजारमा सेयर मूल्य बढेपछि उक्त कम्पनीकाे बजार पूँजीकरण १ अर्ब ७६ कराेड ४६ लाख रूपैयाँ भन्दा बढी पुगेकाे छ । विशाल बजार कम्पनीका लगानीकर्ताले एक महिना तीन दिनभित्रै लगानीकाे ११४ प्रतिसतभन्दा बढी कमाइ गरेका छन् ।

बिशाल बजार कम्पनीकाे मूल्य अकासिने गरी बृद्धि हुनु पर्ने कुनै कारण छैन । सुसासन निकै कमजाेर छ । यसले दशकदेखि सेयरधनीलाइ लाभांश दिएकाे छैन । यसले चर्चेकाे ४ अर्वभन्दा बढीकाे सम्पत्ती सरकारलाइ फिर्ता गर्नु पर्ने सर्बाेच्च अदालतकाे अादेश छ । यसले गर्दा निकट भविष्यमा यसले कुनै लाभांश दिने सम्भावना छैन ।

प्रतिफल नदिने कम्पनीकाे सेयर मूल्य चर्काे रूपमा बढ्नु अप्राकृतिक हाे भन्ने सहजै अनुमान गर्न सकिन्छ । थाेरै सेयर पूँजी रहेका कम्पनीकाे सेयर मूल्य सीमित ब्यक्तिहरूले कब्जामा लिएर मूल्य बढाउँदै अाएकाले लगानीकर्ता सचेत हुनु अावश्यक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको