विशाल बजार भवनको नक्सा सहित २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
आज सोमबार विशाल बजारको स्थलगत निरिक्षण गर्दै महानगरपालिकाको टोलीले बिशाल बजार कम्पनीलाई यस्तो निर्देशन दिएको हो । विगत केहि दिन देखि काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको सक्रियतामा अवैधानीक ढंगले बनेका संरचना भत्काउने र खालि गराउने अभियान चलिरहेको छ ।
अनुमगन टोलीले बिशाल बजारका बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस