Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार रेकर्ड ब्रेक नजिक, एकै दिन ६५ अंकले बढ्याे, ५ अर्वभन्दा बढीकाे काराेबार

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १५ : २५ मा प्रकाशित

सेयर बजार रेकर्ड ब्रेक नजिक, एकै दिन ६५ अंकले बढ्याे, ५ अर्वभन्दा बढीकाे काराेबार

नेपाल स्टक एक्सचेन्ज यसअघिकाे रेकर्डकाे छेउछाउ १८७४.८१ अंकमा पुगेकाे छ । नेप्सेले अर्काे रेकर्ड ब्रेक गर्न अब ६ अंक मात्र बाँकी छ । यसअघि नेप्से पहिलाे पटक १८८१ अंकमा पुगेर फर्केकाे थियाे । झन्डै ३ बर्षपछि नेप्सेले अर्काे उचाइ लिएकाे हाे । बुधबार नेप्से एकै दिन ६४.७ अंकले बढेकाे छ । यस दिन ५अर्व १३ कराेड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा १ सय ९६ कम्पनीका ४२ हजार १ सय ५१ काराेबारबाट १ कराेड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता सेयर किनबेच काराेबार भए ।

यस दिन पनि केही दिनयता जस्तै जीवन र निर्जिवन बीमा कम्पनी, उत्पादन मूलक कम्पनी र ट्रेडिंग समुहका कम्पनीका लगानीकर्ताले कुरूस्त कमाएका छन् ।

सबैभन्दा बढी निर्जिवन बीमा समुह ३१६ अंकले बढेकाे छ । यसपछि उत्पादन, बीमा र ब्यापार समुह अत्यधिक अंकले बढेका छन् । नेपाल स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी हाेटलक उपसमूहकाे मात्रै शेयर परिसूचक घटेकाे छ । दुइ साता यता नेप्से परिसूचक निरंतर उकालाे लागिरहेकाे छ ।

कारोबार रकममा समेत रेकर्ड ब्रेक हुँदै आएकाेछ । लगानीकर्ता निकै उत्साहित भएका छन् । सेयर बजारले मंगलबार १८७४ अंकको विन्दु पार गरेपछि लगानीकर्ता थप उत्साहित देखिएका छन् । सेयर बजार उचाइतिर अगाडि बढेका बेला बुधबार ११ वटा कम्पनीकाे सेयर मूल्यमा सर्किट ब्रेकर लागेकाे छ ।

बुधबार १० प्रतिशत मूल्य बढेर काराेबार राेकिनेमा शिवम् शिमेन्ट, एनएमबि माइक्राे फाइनान्स, बिशाल बजार कम्पनी, नेपाल पुनर्वीमा कम्पनी, अजाेड इन्स्याेरेन्स, शिवश्री हाइड्राे, आँखुखाेला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर कम्पनी, मल्टिपर्पाेज फाइनान्स, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी छन् । बिशाल बजार कम्पनी र अजाेड इन्स्याेरेन्स मूल्यमा भने मंगलबारकाे काराेबारमा पनि सर्किट लागेकाे थियाे । एनएमबी माइक्राे फाइनान्सले आकर्षक लाभांश घाेषणा गरेकाले उक्त कम्पनीकाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । यस्तरी बढेकाे बजारमा पनि हिमालयन पावर पार्टनर, लक्ष्मी इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी र नेशनल हाइड्राे पावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

यसरी गुमाउनेमा वटा कम्पनीका सेयरधनी छन् । यस दिन सबैभन्दा धेरै काराेबार नेकाे इन्स्याेरेन्सकाे संंस्थापक सेयर (४२ कराेड २९ लाख ९८ हजार ), नेपाल पूनर्वीमा कम्पनी (२९ कराेड ४४ लाख ८१ हजार ) र नविल बैंक (२३ कराेड १९ लाख ४८ हजार ) काे भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको