Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से इतिहासकै उचाइमा, नेप्से सूचक १९ सय माथि उक्लियो

एकै दिन ६५ अंकले बढ्याे, ५ अर्वभन्दा बढीकाे काराेबार

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, ११ : ४४ मा प्रकाशित

नेप्से इतिहासकै उचाइमा, नेप्से सूचक १९ सय माथि उक्लियो

अर्थ संसार, काठमाडौं– काराेबार सुरू भएकाे केही मिनटमै बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले एतिहासिक रेकर्ड कायम गरेकाे छ । यस दिन नेप्से बढेर १५१५.३९ अंकमा पुगेकाे छ ।

नेप्सेले यसअघि २०७३ साउन १२ गते १८८१ विन्दु पार गरेकाे थियाे । बिहिबार उक्त रेकर्ड ब्रेक भएकाे छ । नेप्सेको ऐतिहासिक उच्च बिन्दु बिहीबारको प्रि ओपनिङ्ग सेसनमै तोडिएको थियाे । बिहीबारको कारोबार समयभन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसन नेप्से १.०५ प्रतिशत अर्थात १९.६९ अंकले बढेकाे थियाे ।

प्रिओपनिङ्गमा नेप्से १ हजार ७९४ दशमलव ७९ अंकमा पुगेको थियाे । काराेबार सुरू हुनासाथ उकालाे लागेकाे बजार ५० अंकसम्म बढेकाे थियाेे । त्यसपछि सम्लाहालिएकाे बजार अपडाउन गरिरहेकाे छ । जे भए पनि बजारले अहिलेसम्मका सबै रेकर्डलाइ ताेडेर नयाँ उचाइतिर अगाडि बढिरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको