Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा रेकर्डै रेकर्ड, लगानीकर्ता मालामाल हुने मौका !

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १५ : २३ मा प्रकाशित

सेयर बजारमा रेकर्डै रेकर्ड, लगानीकर्ता मालामाल हुने मौका !

अर्थ संसार, काठमाडौं -  सेयर बजारले निरन्तर उकालो यात्रा तय गरिरहेको छ ।  साताको अन्तिम दिन आज (बिहिबार)  नेप्से परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । 

यसैबीच आज नेप्सेले एतिहासिक रेकर्ड कायम गरेकाे छ । बिहीबारको कारोबार समयभन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसन नेप्से १.०५ प्रतिशत अर्थात १९.६९ अंकले बढेकाे थियाे । प्रिओपनिङ्गमा नेप्से १ हजार ७९४ दशमलव ७९ अंकमा पुगेको थियाे । काराेबार सुरू हुनासाथ उकालाे लागेकाे बजार ५० अंकसम्म बढेर १९ सय बिन्दु पार गरी यसअघिको उच्च रेकर्ड ब्रेक गरेको थियो 

कमाउने र गुमाउने अवसर  !

केहि दिन अघिदेखि सेयर बजार लगातार बढी रहेको छ । सेयर बजार बढ्नुको कारण  दोस्रो बजारमा बेच्नेको भन्दा सेयर किन्ने लगानीकर्ताको भिडको कारण हो । बजारमा विभिन्न कम्पनीको बोनस घोषणा, अघोषित बोनस घोषणाको हल्ला, कम्पनीको वित्तीय विवरणले गर्दा लगानीकर्ताहरु सेयर बजारमा दौडिएका देखिन्छन् । सेयर बजार एउटा उचाइमा पुगिसकेको विश्लेषकहरु बताउँछन् । छोटो सयममा धेरै लगानीकर्ताहरु मालामाल भएका छन् ।  अहिले बजारमा प्रवेश गर्नु अघि एक चोटी विगतको इतिहासलाई मनन्  गर्नु पर्दछ । लगानीकर्ताको मुखबाट सुन्न पाइन्छ -'मैले १५ सयमा किनेको सेयर अहिले ५ सयमा छ कहिले १५ हुने, बोनस पनि १० प्रतिशत भन्दा धेरै दिन सक्दैन, डुबायो । 'अहिले पनि यस्ता कुरा सुन्न पाइन्छ । त्यसैले अहिले लगानी गर्नु भनेको धेरै जोखिम, धेरै नाफा कमाउने अवसर पनि हो । 

जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । एकदमै सजग र सजगतापुर्वक आफु कत्तिको जोखिम बहन गर्न सक्छु र कम्पनिको बिगतका र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझ्दैं लगानी गरौँ र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी नगरौं । 

त्यसपछि अपडाउन हुँदै बजार बन्द हुने बेलासम्ममा नेप्से १८९३.२४ अंकमा पुगेर अड्किएको हो  । यस्तै सेन्सेटिभ परिसूचक भने २.९५ अंकले घटेर ३६५.१८ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीकाे एक कराेड ७१  लाख ८८  हजार ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ३०  लाख ३०  हजार ९१  रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे मात्र शेयर घटेकाे छ ।

आजको सेयर तालिका हेर्नुहोस् :- 

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको