Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तले एकैसाथ थप ७ शाखा विस्तार गर्यो

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १५ : ४५ मा प्रकाशित

सिभिल लघुवित्तले एकैसाथ थप ७ शाखा विस्तार गर्यो

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लि.को सहायक कम्पनी)ले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशःझापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको संस्थाले यस अघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरुबाट सेवाप्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय संस्थाले लघु उद्यमव्यवसाय सञ्चालन गराउनन्यूनआय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यतादिई विना धितो सामूहिक जमानीमा वा स्वीकार योग्यधितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पुर्याउदै  आइरहेको छ । 

साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउंदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउंदै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको