Like us!
Follow us!
Connect us!
Watch us!

सहास उर्जाले आइपिओ निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ०९ : १६ मा प्रकाशित

सहास उर्जाले आइपिओ निष्कासन गर्ने

अर्थ संसार, काठमाडौं- साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ । 

यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले सोलु खोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको