Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटललाई

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ११ : १९ मा प्रकाशित

पिपुल्स पावरले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटललाई

अर्थ संसार, काठमाडौं -पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निश्कासनको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिहीबार दुवै पक्षबिच नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संझौतामा पिपुल्स पावर लिमिटेडकातर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटल लिमिटेडकातर्फबा टप्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नु भएको हो । 

कम्पनीले कति निश्कासन गर्ने भनेर अहिले नै निश्चित भैसकेको छैन् । केही दिनभित्रै निश्कासनको कित्ता फिक्स हुने कम्पनीले जनाएको छ । 

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थितपुवा खोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिकप्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको