Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले नयाँ रेकर्ड बनाएपछि नेप्से मख्ख, निकाल्यो यस्तो विज्ञप्ती

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ११ : ५३ मा प्रकाशित

सेयर बजारले नयाँ रेकर्ड बनाएपछि नेप्से मख्ख, निकाल्यो यस्तो विज्ञप्ती

अर्थ संसार,काठमाडौँ - सेयर बजारले हिजोआज नयाँ नयाँ रेकर्ड राखेको छ । बिहीबार अर्थात मंसिर ११ गते र नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाए ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर किनबेच भएका छन् । यसैगरी, सम्रग शेयर बजार परिसूचक नेप्से यस दिन १८९३।२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोश्रो बजारमा कायम भएको यो नयाँ कीर्तिमान हो । 

यसअघि २०७७ मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साल साउन १२ गते बजार परिसूचक नेप्से १८८१।४५ विन्दुमा पुगेको थियो ।

शेयर बजारले रेकर्ड ब्रेक गरेको दिन हिजो बिहीबार कुल २३ हजार ५० जना लगानीकर्ता शेयर कारोबारमा सहभागी भएका नेप्सेले जनाएको छ । कुल कारोबारमध्ये ८७।७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको पनि नेप्सेले जानकारी गराएको छ ।

त्यसैगरी, नेप्सेले कारोबारले रेकर्ड ब्रेक गर्नुमा अनलाइन प्रणाली ९नट्स० को सबैभन्दा ठूलो भूमिका रहेको बताएको छ । नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयर कारोबार गर्न पाएका छन् भने रकम भुक्तानी तथा शेयर हस्तान्तरणमा प्रक्रियामा पनि सहजता आएको नेप्सेको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको