Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वटा लगानीकर्ता संघको एउटै स्वर-'सेयर बजार अझै माथि जान्छ'

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, २० : ३३ मा प्रकाशित

पाँच वटा लगानीकर्ता संघको एउटै स्वर-'सेयर बजार अझै माथि जान्छ'

अर्थ संसार, काठमाडौं -मंसिर ११ गते धिताेपत्रकाे दाेश्राे बजारमा नयाँ इतिहास कायम भएकाे छ । शेयर बजारले नयाँ रेकर्ड बनाएकाे अवसरमा लगानीकर्ता संघहरुले शुक्रबार एक  विज्ञप्ति जारी गरेका छन् । 

धितोपत्रको दोश्रो बजारमा कायम भएको नयाँ कृतिमान लाई ग्रहण गर्दै हार्दिकताका साथ सम्पूर्ण लगानिकर्ताहरूलाई बधाईका साथ सो कृतिमान लाई स्वागत गर्दै लगानीकर्ता संघहरुले शेयर कारोबार गर्दा विज्ञको सल्लाह बिना कसैको लहलहैमा लागेर बिना अध्ययन लगानी गर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानी पनि हुनसक्ने तर्फ सम्वेदनशिल भै लगानी गर्न आग्रह गरेका छन् ।

शेयर बजारले नयाँ उचाई कायम गरेसँगै बजारलाई स्थायित्व ल्याउने चुनौति र बढ्दो बजारमा लगानिकर्तीहरूको उत्साहजनक प्रवेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । बैंक तथा वित्तिय संस्थाहरूको ८०% भन्दा बढि बाहुल्यता रहेको पुँजिबजारमा उक्त कम्पनीहरूको मुल्य अन्तर्राष्ट्रीय अभ्यासलाई हेर्दा न्यूनतम मुल्यमा नै रहेको देखिएकाे बताइएकाे छ । लगानिकर्ताहरूले आफुले लगानी गर्ने कम्पनीहरूको विगतको ईतिहास, संचालकहरूको सामाजिक हैसियत,कम्पनीद्वारा वितरित लाभांश ईतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरि उक्त कम्पनीको शेयरमा लगानी गर्नु पर्ने कुरा हामी सम्पुर्ण लगानीकर्ताहरूले बिर्सन नहुने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेपालको शेयर बजार ४ वर्षको वियरिस ट्रेण्ड बाट भर्खर बुलिस ट्रेण्डमा जान शुरूवात गरेकोले पुँजिबजारको विकासमा नियामक निकायले चालेका सकारात्मक कदमहरू,नट्सको सफल कार्यान्वयन,शेयरकर्जाको व्याजदरमा कमि,देशको सोधानान्तर वचतमा बढोत्तरी,विप्रेषण प्रवाहमा वृद्धि,अधिकांस बैंक तथा वित्तिय संस्थाको सन्तोषजनक त्रैमासिक वित्तिय विवरण,कोभिडको नकारात्मक प्रभाव कम हुनुको साथै खोपको सफल परिक्षण र सबैभन्दा ठुलो कुरा नयाँ अर्थमन्त्री  पुँजिबजार मैत्री हुने विश्वास जस्ता सकारात्मक मनोवैज्ञानिक कारणहरूले बजार अझै माथि जाने आधारहरू प्रसस्त र स्पष्ट रूपमा देखिएकाे विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस् लगानीकर्ताहरूद्वारा निकालिएकाे संयुक्त प्रेस विज्ञप्तिः 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको