अर्थ संसार, काठमाडौं– युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारणस सेयर (आइपिओ) बाँडफाँड आज मङ्सिर १४ गते आइतबार हुँदैछ ।
निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार आज दिउँसो ४ बजे क्यापिटल कार्यालय जमल, काठमाडौंमा आइपिओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले मंसिर ३ गते मंसिर ७ गते ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर सेयर निश्कासन गरेको थियो । जसमध्ये ४३ हजार ६९६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको हो ।
कम्पनीले निश्कासन गरेको सेयरमा ५ लाख ४१ हजार २६३ जना आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताको लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँको आवेदेन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । यसमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस