Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बजारमा दिनहुँ  नयाँ रेकर्ड, ७५.०२ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार !

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १५ : १९ मा प्रकाशित

सेयर बजार बजारमा दिनहुँ  नयाँ रेकर्ड, ७५.०२ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार !

अर्थ संसार, काठमाडौँ - सेयर बजारले दिनहुँ  नयाँ रेकर्ड राख्दै आइरहेको छ  । गत साताकाे अन्तिम दिन बिहीबार नयाँ इतिहास कायम गरेर बन्द भएकाे सेयर बजारले यस साताकाे पहिलाे दिन आज (आइतबार) फेरि पनि नयाँ रेकर्ड बनाएकाे  हो । सेयर बजारले यसअघिको उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि लगानीकर्ताहरूमा झनै उत्साह थपिएकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर एक हजार ९६८.२७ मा पुगेकाे छ । नेप्से ३.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १८.७६ अंकले बढेर ३८३.९३ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीकाे २ कराेड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजकाे शेयर तालिका हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको