Like us!
Follow us!
Connect us!
Watch us!

कुकुरसँग खेल्दा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन घाइते

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १६ : १६ मा प्रकाशित

कुकुरसँग खेल्दा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन घाइते

अर्थ संसार, काठमाडौं - नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन चिप्लेर घाइते भएका छन् । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएका थिए ।

‘प्रारम्भिक एक्स रेमा फ्र्याक्चर नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्र्याक्चर देखिएको थियो,’ डा। केभिन ओ’कोनरले आइतबार भने । यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा कुर्कुचा मर्किएपछि डाक्टरसँग जाँच गराउने बताएको थियो ।
आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् । एजेन्सी 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको