Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फण्डको इकाइमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, ०० : ०० मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फण्डको इकाइमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाइमा लगानी गर्न चाहनेहरुले आवेदन गर्ने मंगलबार (आज) अन्तिम दिन हो ।

इकाइको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई यही मंसिर १२ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

यसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्बसाधारणले आवेदन दिन पाउने ब्यवस्था गरिएको छ ।

खुलामुखी योजनाको यो म्युचुअल फन्डमा पर्याप्त आवेदन परेकाले छिट्टै आवेदन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त म्युचुअल फण्डमा बिहीबार साँझसम्म ४५ करोड ७७ लाख ३८ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

अहिलेसम्म ६७ हजार १ सय ७६ जनाले ४ करोड ५७ लाख ७३ हजार ८ सय ७० इकाइका लागि आवेदन गरेका छन् । 

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको