Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १४ : १८ मा प्रकाशित

राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६६ करोड रुपैयाँ बराबरकाे रकम  २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको  हो । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड ८० लाख रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३९ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ३० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थालेमंसिर १७ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको