Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओ बुधबार बाँडफाँड, सेयर पाउन भाग्य हुनुपर्ने

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १४ : ३८ मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओ बुधबार बाँडफाँड, सेयर पाउन भाग्य हुनुपर्ने

अर्थ संसार, काठमाडौँ -  माउन्टेन इनर्जी नेपाल लिमिटेडको कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर (आइपिओ) काे बाँडफाँड भाेलि (मंसिर १७ गते, बुधबार) गर्ने भएको छ  । आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएकाे उक्त आइपिओकाे बाँडफाँड बुधबार बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा हुने भएकाे हाे ।

कम्पनीकाे आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन  दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.६१ गुणा धेरै हो । उक्त आइपिओमा मागभन्दा बढी आवेदन परेकोले  गाेलाप्रथाद्वारा बाँडफाँड गर्न लागिएकाे कम्पनीले जनाएको छ  । 

आवेदन परेका मध्ये ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले  १० कित्ताका दरले शेयर पाउने छन् र बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदककाे भने हात खाली हुनेछ । 

 कम्पनीले  २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको