अर्थ संसार, काठमाडौँ - चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते बुधबार) देखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपिओ ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपिओ ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार अनुमति दिएको थियाे ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि छिटोमा पाैष १ गते र ढिलोमा पाैष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ (साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७ र ८ मात्र) एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरू) र इन्द्रसराेवर गाउँपालिका वडा नं. ५ मा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरूले मात्र यस आइपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
आइपिओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस