अर्थ संसार, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर आज (मंसिर १७ गते बुधबार) बाट खुल्ला भएको छ । संस्थाले एक लाख ४ हजार कित्ता सेयर  प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।
उक्त सेयर हरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट पाैष १ गते बुधबारसम्म आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम कित्ताका लागि भने कुनै हद ताेकिएकाे छैन । 
उक्त सेयरको बिक्री प्रबन्धकको काम  एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस