Like us!
Follow us!
Connect us!
Watch us!

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १३ : ०७ मा प्रकाशित

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले बोलकबोल  प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशित गर्दै  २८ दिनकाे अवधिकाे लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न लागिएको जनाएको छ  ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।  यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको