Like us!
Follow us!
Connect us!
Watch us!

७०.६२ अंकले बढ्यो सेयर बजार, नेपाल टेलिकम लगानीकर्ताको रोजाइमा

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १५ : २२ मा प्रकाशित

७०.६२ अंकले बढ्यो सेयर बजार, नेपाल टेलिकम लगानीकर्ताको रोजाइमा

अर्थ संसार, काठमाडौँ - सेयर बजारले आज (बुधबार) पनि उकालो यात्रा तय गरेको छ  । 
 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०२  मा पुगेकाे छ ।  त्यस्तै  सेन्सेटिभ परिसूचक भने १२. २५ अंकले बढेर ३९६.०४  मा पुगेको छ ।
कूल २०१  वटा कम्पनीकाे एक कराेड ५५ लाख ६४ हजार ४ सय २७  कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६  करोड ३४  लाख ८२  हजार ९७२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १  वटा उपसमूहकाे मात्र सेयर घटेकाे छ । 
त्यसैगरी, कारोबार रकमको आधारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४० करोड ७  लाख ८३ हजार रुपैयाँ बरोबरको कारोबार गरेको छ  । 

 आजको सेयर तालिका हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको