अर्थ संसार, काठमाडाैं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा कुल १७.५ प्रतिशत लाभांश गरेको थियो ।
जसमध्ये १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेर बीमा समितिमा स्विकृतीकाे लागि पेश गरेकाेमा बीमा समितिले स्वीकृत नगरेपश्चात कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो ।
अब कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।
उक्त लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस