अर्थ संसार, काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्राइम कमर्शियल बैंक लिमिटेडकाे संस्थापक समुहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले बैंककाे ८६ हजार ९ सय कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।
उक्त शेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन्  । अधिकतममा भने कुनै हद ताेकिएकाे छैन । 
उक्त सेयरमा मंसिर २५ गते, बिहीबारबाट पाैष २ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन्  ।
उक्त सेयरको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड गर्नेछ । 
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस