Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, ८ अर्बमाथिको कारोबार

अर्थ संसार

विहीबार, १८ मंसिर २०७७, १५ : १५ मा प्रकाशित

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, ८ अर्बमाथिको कारोबार

अर्थ संसार, काठमाडौं - निरन्तर नयाँ रेकर्ड राख्दै आएको सेयर बजारले साताको अन्तिम दिन बिहिबार ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार  बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । बजार खुलेको सुरुमै भने सेयर बजार २१ बिन्दु पार गरेको थियो पछी विस्तारै घट्दै गएको हो  ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा पुगेको छ नेप्से ०.७५ प्रतिशले घटेको हो यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले घटेर ३९२.२९ अंकमा पुगेको छ ।

कुल २ सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे मात्र सेयर बढेकाे छ भने बाँकी १०  वटा उपसमूहकाे सेयर घटेकाे छ । 
 

आजको सेयर तालिका हेर्नुहोस् :- 

 

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको