Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उचालिएर लगानी गर्दाकाे परिणामः विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै गुमाए ४० कराेड

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, ०९ : २८ मा प्रकाशित

सेयर बजारमा उचालिएर लगानी गर्दाकाे परिणामः विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै गुमाए ४० कराेड

अर्थ संसारले सचेत गराउँदा गराउँदै उचालिएर बिशाल बजार कम्पनीकाेे सेयर किन्नेहरूले एक सातामै लगानीकाे २० प्रतिशत अर्थात झण्डै ४० कराेड रूपैयाँ गुमाएका छन् ।

बिशाल बजारकाे सेयर मंसिर ११ गते १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसयता लगातार घटेकाे सेयर मूल्य साताकाे अन्तिम काराेबार दिन विहिबार ३१९० रूपैयाँ प्रतिकित्तामा बन्द भएकाे छ । यस हिसावले लगानीकर्ताले बिशाल बजारकाे सेयरमा गरेकाे लगानीमा २०.२५ प्रतिशतले घाटा ब्यहाेरेका छन् ।

सेयर कर्निरंग गर्नेहरूले कसरी कुनै कम्पनीकाे सेयर मूल्य बढाउँछन् र चरम नाफा खाएर सर्वसाधारण लगानीकर्ताकाे ढाड सेक्छन् भन्ने उदाहरण बनेकाे छ विशाल बजार कम्पनी ।

कात्तिक ६ गते १६७५ रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे बिशाल बजारकाे सेयर मूल्य मंसिर ११ सम्म सर्किट लागेर ४००० रूपैयाँ प्रतिकित्तामा काराेबार भएकाे थियाे ।

नेप्सेमा उक्त कम्पनीकाे जम्मा ४ लाख ९१ हजार ४ सय कित्ता सेयर सूचिकृत छ । यस हिसावले उक्त कम्पनीकाे चुक्ता पूँजी ४ कराेड ९१ लाख ४० हजार रूपैयाँ मात्रै हाे ।

बजारमा सेयर मूल्य बढेपछि उक्त कम्पनीकाे बजार पूँजीकरण १ अर्ब ९६ कराेड ५६ लाख रूपैयाँभन्दा बढी पुगेकाेमा बिहीबार घटेर १ अर्ब ५६ कराेड ७५ लाख ६६ हजार रूपैयाँमा झरेकाे छ । यस हिसाले विशाल बजार कम्पनीका लगानीकर्ताले एक सातामै ३९ कराेड ८० लाख ३४ हजार रूपैयाँ गुमाएका छन् ।

बिशाल बजार कम्पनीकाे मूल्य अकासिने गरी बृद्धि हुनु पर्ने कुनै कारण छैन । सुसासन निकै कमजाेर छ । यसले दशकदेखि सेयरधनीलाइ लाभांश दिएकाे छैन । यसले चर्चेकाे ४ अर्वभन्दा बढीकाे सम्पत्ती सरकारलाइ फिर्ता गर्नु पर्ने सर्बाेच्च अदालतकाे आदेश छ । यसले गर्दा निकट भविष्यमा यसले कुनै लाभांश दिने सम्भावना छैन ।

प्रतिफल नदिने कम्पनीकाे सेयर मूल्य चर्काे रूपमा बढ्नु अप्राकृतिक हाे भन्ने सहजै अनुमान गर्न सकिन्छ । थाेरै सेयर पूँजी रहेका कम्पनीकाे सेयर मूल्य सीमित ब्यक्तिहरूले कब्जामा लिएर मूल्य बढाउँदै आएकाले लगानीकर्ता सचेत हुनु आवश्यक छ ।

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको