Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन घटाउन माग गर्दै लगानीकर्ता संघले धितोपत्र बोर्डलाई बुझाए  ज्ञापनपत्र

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, १३ : ०४ मा प्रकाशित

ब्रोकर कमिसन  घटाउन माग गर्दै लगानीकर्ता संघले धितोपत्र बोर्डलाई बुझाए  ज्ञापनपत्र

अर्थ संसार, काठमाडौं -अर्थ संसार, ब्रोकर कमिसन घटाउनु पर्ने माग राख्दै लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले शुक्रबार नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन्।  नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले शुक्रबार संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गरी लगानीकर्ताहरुको लगानीको लागत कम गर्न लगानीकर्ताहरुले माग गरेका छन्   ।  

ब्रोकर कमिसनको विरोधमा लगानीकर्ताले घेरे सेबोन

त्यस्तै कमिशन घटाउँदा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई कर तिर्ने वातावरण  समेत रहने  संघहरुले जनाएका छन् । लगानीकर्ताहरुले ब्रोकर कमिसनको विरोध गर्दै आज बिहान ११ बजे जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका हुन्  । 

लगानीकर्ता संघद्वारा जारी ज्ञापनपत्र हेर्नुहोस् : 

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको