अर्थ संसार, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सम्बन्धि जरुरी सूचना प्रकाशन गरेकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै ग्राहकहरूले बैंकमा रजिष्टर  गरेको माेबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर तत्काल अपडेट गर्न अनुरोध गरेको छ  l 
दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे l 
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस