अर्थ संसार, काठमाडौं –  यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१ लाख १६ हजार १ सय १९ कित्ता सेयर सूचिकृत भएको छ । स्टकका अनुसार  विभिन्न ३ वटा कम्पनीकाे बाेनस  सेयर सूचिकृत भएको हो । 
जसअनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बाेनस सेयर सूचिकृत भएको छ। त्यसैगरी विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको  २ लाख ९२ हजार २ सय १५ कित्ता बाेनस सेयर सूचिकृत  भएको छ। 
यसै साता फरवार्ड कम्युनिटी माइक्राेफाइनान्स वित्तीय संस्था लिमिटेडको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बाेनस सेयर सूचिकृत गरिएको नेप्सेले जनाएको  छ। 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस