अर्थ संसार, काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई  मंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हाे ।
बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेकाे ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असाेज ५ गते साेमबार निवेदन पेश गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ ।
उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस