अर्थ संसार, काठमाडौं– सेयर कर्जा पुनरावलोकनको विरोध गर्दै लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरुले आइतबार गभर्नरलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहले संयुक्तरुपमा गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
राष्ट्र बैंकको त्रैमासिक समिक्षाको बुँदा नं. ६८ मा सेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले हामी लगानीकर्ताहरु अत्यन्त मर्माहत र चिन्तित भएका छौंँ । राष्ट्र बैंकको नीति मार्फत सम्बोधन भै ७० प्रतिशत मार्जिन कर्जा नीति लागू भएको ३ महिना पनि नबित्दै सो को त्रैमासिक समिक्षाको बुँदा नं. ६८ मा सेय। कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले लगानीकर्ता चिन्तित भएको लगानीकर्ता संघहरुले विज्ञप्तीमा उल्लेख छ ।
सरकार, राष्ट्रबैंक, धितोपत्र बोर्ड जनस्ता सरोकारवाला पक्षबीचको वारम्बारको छलफलको निचोडको रुपमा कार्यान्वयनमा आएको ७० प्रतिशत मार्जिन कर्जालाई अकस्मात् परिवर्तन गर्न खाज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वर्य नै लागि परेको र गलत प्रभावमा परेर हतारको रुपमा गरिएको निर्णयको रुपमा लगानीकर्ताले लिएका छन् ।
संघहरुको एक स्वर:सेबोनको आलटाल अति भो,भित्री रहस्य के? बोर्ड भन्छ-'यो फ्याट परिवर्तन हुने विषय होइन'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस