Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तले डाक्यो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, ०८ : २४ मा प्रकाशित

समता लघुवित्तले डाक्यो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार, काठमाडौं - समता लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको मङ्सिर १९ गते शुक्रबार बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष १४ गते मंगलबार होटल क्लासिक प्रालि, सिमरा, बारमा बिहान १०:३० बजे सुरु हुनेछ संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाव र नगद प्रवाह विवारण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश गर्न पारित गरिनेछ भने २० प्रतिशत बोनस सेयर जारी गर्न प्रस्ताव स्वीकृत गरिनेछ ।

सभाले समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको