Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, १३ : ४५ मा प्रकाशित

सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम

अर्थ संसार, काठमाडौं - युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ ।

यो सिस्टमभित्र एस.एम.एस. बैंकिङ, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएस जस्ता अत्यधुनिक सेवा-सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ ।

गुरु कोर बैंकिङ सिस्टम Software as service को अवधारणाका साथ बजारमा आएको छ । उक्त सफ्टवेयर क्लाउडमा चल्ने भएकाले सहकारीको आफ्नो डाटामा २४*७ सुरक्षित तवरमा पहुँच हुनेछ । 
गुरु कोर बैंकिङ सिस्टभित्र सदस्यहरूकोशेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, Spread calculation, cost of fund calculation आदि मुख्य फिचर छन् भने Auto Day Close र Auto Backup हुने भएकाले प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुनेछन्। 

गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खाताबाट बैंकमा रकमान्तर गर्न सकिने जनाइएको छ । सहकारीका लागि चाहिने सम्पूर्ण सेवा सुविधा आफ्नै इकोसिस्टम (ecosystem) बाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुविधाको थर्ड पार्टी खोज्नु नपर्ने गुरु इन्फोसिसले जानकारी दिएको छ ।

सफ्टवेयर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पत्ति शुद्धीकरण, CURBS, PROBATION जस्ता गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदनहरू पनि सफ्टवेयरमा समावेश गरिएको छ  ।

गुरु इन्फोसिसले न्युरोड, काठमाडौं स्थित प्रधान कार्यालय लगायत चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा रहेका फिल्ड कार्यालयबाट सेवा सुविधा विस्तार गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको