भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक वर्ष भित्र सहकारी समस्या समाधान हुने बताएका छन् । आज मन्त्रालयमा आयोजना गरिएको कार्यक्रम मन्त्री अधिकारीले हालसम्म ६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताउँदै एक वर्ष भित्र समस्या समाधान हुने बताएका हुन् ।
हालसम्म समस्याग्रस्त ३ सहकारीको समस्या समाधान भइसकेको र २ सहकारीको समस्या समाधानको चरणमा रहेको उनले जानकारी दिए । ‘५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र यो समस्या समाधान हुन्छ,’ मन्त्री अधिकारीले भने ।
त्यस्तै उनले पूर्वराजाको सम्पत्ति खोजी कार्य पनि एकसाथ अघि बढाइएको बताए । ‘नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस