सहकारीको रकम दुरुपयोग प्रकरणमा छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिका सदस्यको टुङ्गो लागेको छ ।
समितिमा नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहने भएका छन् । आजै केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्ने जनाइएको छ ।
छानबिन समितिको टर्म अफ रिफरेन्समा आजै टुङ्गो लागेको थियो । तीन महिनाका लागि बन्ने समितिले चार कार्यक्षेत्रमा छानबिन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस