Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर बचत फिर्ता गर्छौं: गृहमन्त्री लामिछाने

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १६ : ३९ मा प्रकाशित

सहकारी ठगेर भागेकाको सम्पत्ति बेचेर बचत फिर्ता गर्छौं: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने बताएका छन् ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले प्रधानमन्त्रीलाई पनि यसबारे जानकारी गराएर आफूले काम गरिरहेको जानकारी दिए ।

‘विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं ।’ लामिछानेले भने, ‘चाँडै नै नीति ल्याएर, कानुनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु ।’

लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको