पोखरामा रहेको एक सहकारीमा मङ्गलबार अज्ञात समूहले तोडफोड गरेको छ ।
पोखरा महानगर-३० सिसुवामा रहेको चक्रदेवी सहकारीमा आज दिउँसो कर्मचारीलाई कुटपिट तथा तोडफोड भएको हो । सहकारीका कर्मचारीका अनुसार आफुलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियान" काे कार्यकर्ता बताउने व्यक्तिहरुले ताेडफाेड र आफूहरुमाथी हातपात गरेका थिए ।
घटनाको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस