Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली छायो, ७२.२८ अंकले बढ्यो सेयर बजार नेप्से

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, १५ : १४ मा प्रकाशित

सेयर बजारमा हरियाली छायो, ७२.२८ अंकले बढ्यो सेयर बजार नेप्से

अर्थ संसार, काठमाडौं -  आज (सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार दोहोरो अंकले बढेको हो । 

आज नेप्से परिसूचक ७२.२८ अंकले बढेर २००४.३९ अंकमा पुगेको छ  । नेप्से ३.७४ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १२.१० अंकले बढेको ३८२.५५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १२  वटै  उपसमूहकाे  सेयर बढेकाे छ । 
 
आजको सेयर तालिका हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको