अर्थ संसार, काठमाडौं - आज (मंगलबार) सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजारमा ९.०४ अंकको गिरावट आएको हो ।
आज नेप्से परिसूचक ९.०४ अंकले घटेर १९९५.३५ अंकमा पुगेको छ । नेप्से ०.४५ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.५९अंकले घटेर ३८२०.१८ अंकमा पुगेको छ ।
कुल २ सय २ वटा कम्पनीको १ करोड २४ लाख ९० हजार ५६५ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा २ वटा उपसमूहकाे सेयर मात्र बढेको छ , भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।
आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ४५ करोड ८१ लाख २ हजार २४७ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
दोस्रो बजारमा पछिल्ला दिनहरुमा उपर तामाकोसीको सेयर लगानीकर्ताको रोजाइमा परेको छ । एक हप्ताको बिचमा यस कम्पनीको सेयर प्रतिकित्ता १ सय रुपैयाँ भन्दा माथि बढी अहिले प्रतिकित्ता ४ सय ५९ रुपैयाँ पुगेको छ ।
आजको सेयर तालिका हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस