अर्थ संसार, काठमाडौं -  आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म नेप्सेमा सूचीकृत १६ वटा बैंकले लाभांश घोषणा गरेका छन्। २७ वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकहरुले  मात्र लाभांश घोषणा गरेका हुन्  । 
लाभांश घोषणा गर्ने बैंकहरु यसप्रकार छन् :-
एनआईसी एसिया बैंक लिमिटेड  
 एनआईसी एशिया बैंक लिमिटेडले  गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने  लाभांस घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश साधारणसभाबाट स्वीकृत भइसकेको  छ । 
कुमारी बैंक लिमिटेड
कुमारी बैंककाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 
यसअघि बैंककाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियाे । पछी त्यसलाई परिमार्जन गर्दै  नगद तथा बाेनस सेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे हो । 
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ । बैंककाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियो  । बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरिसकेको छ  ।
नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडकाे लाभांश घाेषणा भएको छ ।  बैंकको ९.४७ प्रतिशत नगद लाभांश नेप्सेमा घोषणा गरिएको हो ।
बैंककाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।
 बैंक अफ काठमाण्डू लिमिटेड
 बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
उक्त प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ । 
सिटिजन्स बैंक लिमिटेड 
सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस सेयर  र नगद लाभांश ३.३ प्रतिशत नगद लाभांश समेत गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले प्रस्ताव गरेकाे संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले  आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले  १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 
सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले  आर्थिक वर्ष   २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिका बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले ५.५३ प्रतिशत नगद  (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
सिद्धार्थ बैंक लिमिटेड 
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
प्रभु बैंक लिमिटेड 
प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछी वितरण गरिनेछ ।
माछापुच्छ्रे बैंक लिमीटेड
माछापुच्छ्रे बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।
बैंककाे असाेज १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे खुद मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ । 
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 
बैंकको कात्तिक १३ गते बसेको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
बैंकले सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतका लागि पठाउने र राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने जनाएको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ ।
बैंककाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने १६ प्रतिशत लाभांश घाेषणा गरेकाे हो । 
बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस