Like us!
Follow us!
Connect us!
Watch us!

३९.६० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, १५ : १८ मा प्रकाशित

३९.६० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

अर्थ संसार, काठमाडौं -  आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको  छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । 

आज नेप्से परिसूचक ३९.६०  अंकले घटेर  १९५५.७५ अंकमा पुगेको छ  । नेप्से १.९८ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.४७ अंकले घटेर ३७१.७१ अंकमा पुगेको छ ।

कुल २ सय १ वटा कम्पनीको १ करोड ८ लाख  २१ हजार ९७२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १  वटा उपसमूहकाे  सेयर  मात्र बढेको छ , भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ  । 

आज हाइड्रोपावर समुहको सेयर मात्र बढेको हो । 

अजाको सेयर तालिका हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको