Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ ? प्यूजो ब्राण्डको गाडी किन्ने कि ?

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, १७ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - के तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने प्यूजो ब्राण्डका गाडी तपाईको रोजाइमा पर्न सक्छ  । प्यूजो फ्रान्सेली ब्राण्ड हो ।

यो  आजभन्दा २ सय १० वर्ष अगाडि  फ्रान्समा  खोलिएको कम्पनि हो ।  नेपालमा भने यो ब्राण्डको गाडी सन् २०१७ मा भित्रिएको थियो । यसलाई पहिलोपटक गोल्छा अर्गनाइजेसन अन्तर्गतको कम्पनी सांग्रीला मोटर्सले नेपालमा भित्र्याएको हो । उक्त ब्रान्डका गाडीहरु सिधै फ्रान्सबाट भित्र्याइन्छ ।

सांग्रि मोटर्सका डिलर पोखरा, बुटवल र चितवनमा पनि छन्  । यास ब्रान्डका गाडी पेट्रोल र डिजेल दुवैबाट चल्ने मोडलमा उपलब्ध छन् ।  Peugeot SUV 3008 पेट्रोल र डिजेल दुवैबाट चल्छ भने Peugeot SUV 5008 पेट्रोलबाट मात्र चल्दछ ।  Peugeot SUV 3008 को  नेपाली मूल्य १ करोड ३२ लाख रुपैयाँदेखि शुरु हुन्छ, भने Peugeot SUV 5008 को मूल्य १ करोड ५५ लाखबाट सुरु हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको