Like us!
Follow us!
Connect us!
Watch us!

भुल्नु भयो कि ? सोमबारदेखि प्रभु लाइफको आइपिओ निश्कासन हुँदै, कति दिने आवेदन ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, ११ : ४९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर  (आइपिओ  मंसिर २९ गते  अर्थात भोली (सोमबार) बाट  निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । 

निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि  र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ । 

कति दिने आवेदन ? 

 पछिल्लो सयम सेयर बजार लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ । कुनै पनि कम्पनीको आइपिओ निश्कासन हुँदा ९ देखि १० लाख जना लगानीकर्ताले आवेदन दिएको पाइन्छ । यो कम्पनीको आइपिओ पनि लगानीकर्ताको पखाई र रोजाइको भएकाले लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि अर्थात एक हजार रुपैयाँको आवेदन दिनु उपयुक्त हुनेछ । 

प्राइभेट सेक्टरले लगानी गरिसकेपछि मैले कमाउन सकिन भने ठाउँ छैन | Guru Neupane | Arthasansar Talk

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको