Like us!
Follow us!
Connect us!
Watch us!
फोनपे र सेलपेबीच सहकार्य

सेलपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १९ : ५० मा प्रकाशित

सेलपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली अपरेटर फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाईल एप्लीकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा फोन पे कातर्फबाट एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गर्नुभयो । 

सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । पछिल्ला दिनमाफोन पे नेटवर्कमा बैंक तथा वित्तीयसंस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि तिब्र रूपमा बढिरहेको छ । 

फोन पे  पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथावित्तीय संस्था आवद्ध छनत् भने  एक लाख ६०हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।

 

5fd621c203f28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको