Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रगिरीको आइपिओमा लगानीकर्ताको आइरो, दोस्रो चरणको आइपिओ कहिले ?

अर्थ संसार

मंगलबार, ३० मंसिर २०७७, ०७ : ५९ मा प्रकाशित

चन्द्रगिरीको आइपिओमा लगानीकर्ताको आइरो, दोस्रो चरणको आइपिओ कहिले ?

अर्थ संसार, काठमाडौं -चन्द्रागिरी हिल्स लिमिटेडको पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आइपिओ) मा लगानीकर्ता ओइरिएका छन् ।  मंसिर २९ गते सोमबारसम्ममा ११ करोड ९४ लाख  ६८ हजार रुपैयाँको सेयर माग भएको छ ।

मंसिर १७ गतेदेखि निष्काशन खुला भएको आइपिओमा २ हजार ६सय ९१ वटा आवेदबाट  ११ करोड ९४ लाख  ६८ हजार रुपैयाँको सेयर माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि प्रति सेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको थियो ।

यो आइपिओ क कसले भर्न पाउँछन ? 

आइपिओ पुस १ गतेसम्म आवेदन दिन पाइने समय छ । इच्छुक आवेदकले कम्तिमा १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् । पहिलो चरणको आइपिओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउँछन् ।

कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ । दोस्रो चरणको आइपिओका लागि मिति तय भएको छैन । छिट्टै आइपिओ  निष्कासनको तयारी गरिरहेको छ ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको