अथ संसार, काठमाडौं-लगानीकर्ताको रोजाई र पर्खाइमा रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा आवेदनको आइरो लागेको छ ।
आवेदन दिश्कासन गरेको दुई दिनमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ३.४४ गुणा बढी आवेदन हो । प्रभु लाइफले सोमबार (मंसिर २९ गते) बाट आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्काशन गरेको हो ।
निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस