अर्थ संसार, काठमाडौं -प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा आज तेस्रो दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।
तेस्रो दिन बेलुका ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदकले २ अर्ब ३७ करोड रुपैयाँ बराबरको २ करोड ३७ लाख ७६ हजार ४ सय ६० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ४.४ गुणा बढी आवेदन हो । 
कम्पनीले मंसिर २९ गते, साेमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 
यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पौष २ गते अर्थात् भाेलिसम्म आवेदन दिन सक्नेछन् । 
त्यसैगरी, लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस